कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मा



सैघाली खबर

काठमाण्डौ २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिंदै देउवाले सरकार विस्तार गरेका हुन् । राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् । कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ ।राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले मन्त्रीहरु नियुक्त भएको भए पनि शपथको खबर नआएको बताए ।

नवनियुक्त मन्त्रीहरुको सिफारिस बोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए । मन्त्रीहरुको शपथ समय भने नतोकिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्रीहरुलाई निश्कासनको तयारी गरेका छन् । माओवादीले सम्हालेका मन्त्रालय दिने भएपछि राप्रपाले दुई दिनअघि मात्रै देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्