अबैध पटका सहित दुई जना पक्राउ




सैघाली खबर 

दाङ, २८ असोज । अबैध पटका सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती घोराही क्षेत्रबाट उनिहरुलाई पक्राउ गरेको हो । पटका पट्काई गाउँमा हो हल्ला मच्चाएको भन्दै उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले अबैध रुपमा लुकाई राखेको तीन सय पटका समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार लसुन पटका २ सय १५ , खुर्सानी १ सय २२ , रकेट पटका १३ पिस पट्का बरामद गरी आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले पटका पट्काउदा जनधनको क्षती हुनका साथै समाजमा असर पर्ने भन्दै तिहार छठ जस्ता चाडपर्वमा पटका जन्य बस्तुको कारोवार नगर्न सबैमा आग्रह गरेको छ । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्