मुख्य निर्वाचन अधिकृतले भने– म पिसाब फेर्न गएकोबेला मतपत्र च्यातियो, अब छानबिन समिति बनाउँछौं



 

Bharatpur-Tanab

१५ जेठ, चितवन ।

मतगणनाको वातावरण नभएको भन्दै भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् । उनले घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदनअनुसार आफूहरु अघि बढ्ने बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्याते ।’

सुरक्षाका लागि गेटमा राखिएका प्रहरीले पनि प्रवेश पास नभएको व्यक्ति आएको र आफूले रोक्दा रोक्दै जबर्जस्ती भित्र छिरेको बताएका छन् ।

मतपत्र च्यातेको भन्दै चितवन वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले भने भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको उनले आरोपसमेत लगाएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्