माओवादी केन्द्र सरकारबाट बाहिरिने



काठमाडौं २८ असोज । नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । औपचारिक निर्णय सार्वजनकि भने गरिसकेको छैन् ।

निर्णय गर्न माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् । माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा आज वा भोलि बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् । माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ । निर्वाचन सार्दा वाम गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीको कम प्राथमिकतामा परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्