डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने



 

सैघाली खबर
काठमाडौं,२८ असोज

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ । महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताउनुभयो ।

केही मात्रामा अभाव भएको भएपनि आपूर्तिमा पाँच÷पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेको जानकारी उहाँले दिनुभयो । अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ ।

महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताउनुभयो । गत वर्ष एकहजार ५ सय व्यक्तिमा डेंगु देखिएको थियो । पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्