सैघाली खबर
काठमाडौं,२८ असोज
गैर आवासीय नेपाल संघ (एनआरएन) को विश्व सम्मेलन आज देखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनले एनआरएनको नयाँ नेतृत्व चयन गर्नेछ । यस पटकको सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।
नेतृत्वका लागि अध्यक्ष जमुना गुरुङ घले र यस अघिका उपाध्यक्ष भुवन भट्टबीच प्रतिस्पर्धा हुने भएको छ । जमुना एनआरएनका अध्यक्ष शेष घलेका श्रीमती हुनुहुन्छ ।
एनआरएन सम्मेलनमा विभिन्न देशमा रहेका प्रतिनिधिहरु काठमाडौं आएका छन् । एनआरएनको ७७ देशमा शाखा रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।