नेपाल भित्रको अर्काे ‘ नेपाल ’ जहाँ गाँउको कानुन गाँउमै बन्छ



सैघाली खबर
भुजुङ २८ असोेज

गाउँभरि एकैनासका घरहरू । तलदेखि माथिल्लो टोलसम्म एकैनासको ढुंगाको छपनी बाटो । तलपट्टि खेतका ठूलठूला फाँटहरू । सफा(सुग्घर र बिजुलीबत्तीले चौबिसै घन्टा उज्यालो देखिने गाउँ । चिया बगानले गाउँको सौन्दर्यमा अझ माधुर्य थपेको छ । ुहनी हन्टर्स अफ नेपालु पुस्तकमार्फत विश्वमै प्रसिद्ध बनेको त्यो गाउँ हो( भुजुङ गाउँ ।

देश(विदेशमा ुभू(स्वर्गुको नामले ख्याति कमाएको भुजुङ गाउँ प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र आत्मीयताको अनुभूति यहाँ सँगाल्न सकिन्छ ।

भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ( भुजुङ गाउँ । समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ ।
करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो । लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।

भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको विषय हो । मुखिया प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट गाउँ अहिलेसम्म पनि सञ्चालित छ । ुभाद्रसभाु नामले अस्तित्वमा रहिआएको उक्त परम्परा धेरैका लागि चासो र अध्ययनको विषय पनि हो ।

भुजुङ गाउँमा द्वैध प्रकारको शासन व्यवस्थाको अनुभव गर्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको स्वायत्त शासन प्रणाली ुभाद्रसभाु र राज्यका स्थानीय एकाइबीचको समन्वयमार्फत यहाँको शासनव्यवस्था सञ्चालन गरिँदै आएको छ । भाद्रसभा नै गाउँसभाका रूपमा निर्णायक देखिन्छ । गाउँको भौतिक विकास, सामाजिक, धार्मिक, न्यायिक दण्ड जरिवानालगायत काम भाद्रसभाले नै गर्दै आएको छ ।

भुजुङ गाउँमा मुखिया प्रथाजस्तै छुट्टै परम्परागत स्वायत्त शासनप्रणाली अहिलेसम्म पनि सञ्चालित छ । ुभाद्रसभाु नामले अस्तित्वमा रहिआएको उक्त परम्परा धेरैका लागि चासो र अध्ययनको विषय हो ।
भाद्रसभाको इतिहास झन्डै २०० वर्ष पुरानो छ । स्थानीयवासीले आफ्नो शासक अर्थात् सभाध्यक्ष आफैं चुन्ने गरेको यो परम्परा आजसम्म पनि उस्तै छ । प्रत्येक वर्ष गाउँसभाको वार्षिक भेलाबाट यहाँ नयाँ गाउँअध्यक्ष चुनिन्छ । यसपटक पनि गाउँ भेलाले कालबहादुर गुरुङलाई गाउँ अध्यक्ष चुनेको छ । गाउँसभाले पारित गरेका नियम कार्यान्वयन गराउन र अनुगमन गर्न अध्यक्षकै मातहतमा ६ सदस्यीय समिति गठन गरिएको छ ।

प्रत्येक वर्ष भाद्र महिनाको अन्त्यतिर गाउँसभा बस्ने भएकाले यसलाई भाद्रसभा भनिएको हो । यो भद्रसभा पनि हो । गत महिना भाद्र २३ गतेबाट सुरु भएको सभा २६ गते सकिएको थियो । गाउँको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था खलबलिन नदिई गाउँलाई एक सूत्रमा बाँध्ने र बाहिरी हस्तक्षेप रोक्ने उद्देश्यअनुसार भाद्रसभा गर्दै आएको अध्यक्ष कालबहादुर गुरुङले बताए ।

भाद्रसभा गाउँको आन्तरिक मामिला हो । सरकारको कानुनमा यसले कुनै दख्खल पाउँदैन । अध्यक्ष कालबहादुरले भने, ुसरकारको कानुन पनि मान्छौं र गाउँलेले बनाएको कानुन प्रयोग गर्छौं । बाहिरका बासिन्दालाई गाउँको कानुन मान्नैपर्ने बाध्यता त छैन तर गाउँसमाजमा आएपछि ती नियम मान्नुपर्ने मानवीय धर्म हो ।ु

भाद्रसभा गाउँको ठाटीमा हुने गर्छ । ठाटीको आँगनमा गाउँका भद्र भलाद्मी बस्छन् भने दायाँबायाँ र अघिल्लो भित्तामा गाउँलेहरू बस्छन् । सभाको पहिलो र दोस्रो दिन वर्षभरिका कामको समीक्षा गरिन्छ । साथै गाउँलेले सभासमक्ष कुनै बदनियतपूर्वक गल्ती कमजोरी नगरेको भन्दै धर्म बकेर कसम खाने गरिन्छ । नियमविपरीत काम गर्नेलाई जरिवाना तिर्न लगाइन्छ । तेस्रो दिन संशोधन गर्नुपर्ने नियम­(कानुन सभामा प्रस्ताव गरी छलफल गरिन्छ । चौथौ दिन अन्तिमपटक छलफल गरी गाउँसभा विधान मस्यौदा तयार पारिन्छ । र, सभाबाट सबै गाउँलेले थपडी बजाएर विधान पारित गर्ने चलन छ । यसरी पारित नियमको संग्रह नै ुगाउँसभा विधानु बन्छ, जुन नयाँ चुनिने अध्यक्षको हातमा थमाइन्छ ।
भाद्रसभामा सबैलाई अनिवार्य उपस्थितिका लागि उर्दी जारी गरिन्छ । बिहान र साँझ दुईपटक हाजिर गर्ने नियम रहेकोमा एकपटक मात्र हाजिर गर्न आउनेलाई ५० रुपैयाँ र दिनभर सभामा अनुपस्थित हुनेलाई एक सय ५० रुपैयाँ जरिवाना गरिएको पनि कालबहादुरले बताए ।

भाद्रसभाले यस वर्ष श्रम मूल्य, अन्नबाली, मासुजन्य वस्तु, पेयपदार्थ, बेमौसमी फलफूल तथा तरकारी लगायतको मूल्यमा धेरथोर वृद्धि गरेको स्थानीय आमा समूहकी अध्यक्ष मविना गुरुङले बताइन् ।
भाद्रसभामा ज्येष्ठतालाई विशेष ख्याल गरिन्छ । समिति चुनिँदा ज्येष्ठताबाट क्रमशस् तल्लो उमेरसम्मको पालो आउँछ । प्रत्येक वर्ष भदौ महिनाको अन्तिम साताभित्र गाउँ सभाको वार्षिक बैठकबाट समिति चुनिन्छ । यसरी चुनिएको समितिका सदस्यले कुनै पारि श्रमिक भने पाउँदैनन् । पहिलापहिला गाउँसभामा पञ्च र जिम्वालहरूले नालसभा गर्ने गर्थे । त्यसले गाउँलाई सही गति दिन नसकेको र गाउँलेमा आमसहमति हुन नसकेकाले त्यस सभालाई विघटन गरी भाद्रसभा राख्ने निर्णय गरिएको स्थानीय नारायण गुरुङले सुनाए ।

गाउँका सम्पूर्ण कामकारबाही प्रत्येक सालका लागि गठित समितिले परम्पराअनुसार नै गर्दै आएको छ । गाउँसभाबाट चुनिएका अध्यक्षलाई निजले कार्यभार सम्हालेको दिन गाउँबासीका तर्फबाट फूलमाला, खादा, फेटा ओढाई सम्मान र शुभेच्छा प्रकट गर्छन् । गाउँको राम्रो सुरक्षा र व्यस्थापन गरून् भनी ठूलाबडाले आशीष पनि दिने चलन छ ।
निवर्तमान अध्यक्षले कार्यकालको अन्त्यमा गाउँसभासमक्ष आफ्नो कार्यकालभरि नियमविपरीत काम गरेको छैन भनी कसम खानुपर्ने चलन छ । यसबाट कुनै अध्यक्षले आफ्नो कार्यकालमा बदनियतपूर्वक कार्य गरेको छैन भन्नेमा सम्पूर्ण गाउँले विश्वस्त हुने गर्छन् ।
ुगाउँसभामा उठेका प्रस्तावहरूको सीधै विरोध गरिँदैन । सबैबीच ती प्रस्तावहरू खुला गर्छौं र पछि उठेका ती विषय कति आवश्यक छन् या छैनन् रु त्यो सब गाउँसभाकै छलफलबाट सर्वसम्मत रूपमा टुंगो लगाएर मात्र गाउँसभाको विधानमा चढाउछौुं, स्थानीय तुलबहादुर गुरुङले आफ्नो अनुभव सुनाए ।

सभामा उठेका नयाँ नियमका कुरा, पुराना निर्णय हेरफेर, संशोधन गर्नुपर्ने निर्णयलाई गाउँसभाका तर्फबाट लिखित रूपमा राख्ने काम समिति सदस्यले गर्दै आएका छन् । यो काम स्वयंसेवी रूपमा हुँदै आएको छ, पारि श्रमिकको कुनै व्यवस्था हुँदैन । धेरैजसो गाउँ नियन्त्रणका नियमहरूको प्रस्ताव भने बूढापाका र भद्र भलाद्मीबाट आउने गर्छन् । गाउँका सानाठूला मुद्दा, उजुरी र वर्षमा घटेका अनेक घटना, कसुर, सजायमाथि सभामा विरोध र समर्थनका स्वरहरू लामो समयसम्म उठिरहन्छन् । छलफलबाटै ठोस निष्कर्षमा पुगी ती समस्याको समाधान गरिन्छ ।

…कसैले कसैलाई अन्याय गरेको, कानुनविपरीत काम गरेको ठहर भएमा उक्त व्यक्तिबाट गाउँसभाले जरिवाना लिने गर्छ । ३० देखि ४० हजारसम्म वार्षिक जरिवाना शुल्क उठ्दै आएको छ । यस वर्ष २९ हजार रुपैयाँ जरिवानाबापत संकलन भयो । सो रकम स्थानीयस्तरमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका विकास कार्यमा खर्च गरिन्छ ।

यसरी आफ्नै पारम्पारिक शासन प्रणालीअनुसार गाउँका मामिला गाउँमै निर्णय गरी छिनोफानो गर्ने हुँदा समाजको एकता र मेलमिलाप बलियो देखिन्छ । यहाँको गाउँसभा प्रथालाई राज्यको पुनर्गठित स्थानीय प्रशासनले पनि स्वीकारेकै छ । ुहाम्रो प्रहरी प्रशासन, अदालत जे भने पनि भाद्रसभा नै हो । गाउँका ठूला घटना एकाध गरी जिल्ला गए होलान्, त्यसबेगर हामी आफैंले बनाएको न्याय प्रणालीले नै हामीलाई बचाइराखेको छु, स्थानीय भलाद्मी नारायण गुरुङले बताए ।

ुसंघीयताले गाउँ क्षेत्रलाई कताकता पुर्‍यायो । हामी पनि हाल गाउँपालिकामा गाभिएका छौं तापनि हाम्रो गाउँमा भाद्रसभा यसरी नै चलिरहनेछ । हाम्रा लागि गाउँसभाको दस्तावेज नै देशको संविधानसभाले पारित गरेको जस्तो लिखित संविधान होु, अध्यक्ष कालबहादुर भन्छन् ।
यसरी हरेक वर्ष निर्माण गरिने गाउँ विनियम अर्को भाद्रसभा नभएसम्म लागू हुन्छ । र, सो विनियम ुबाहिर कहीँ कतै कसैलाई उपलब्ध गराउन नपाइनेु भन्ने गाउँ रीतिथिति निर्णय समितिको विधानमा उल्लेख गरिएको पाइन्छ । विधानमा मुख्यतस् बारबन्देजसम्बन्धी, दण्ड(जरिवानासम्बन्धी, रीतिथितिसम्बन्धी र गाउँको बस्तुभाउको दरभाउसम्बन्धी विविध निर्णय हुन्छन् । उदाहरणका लागि यहाँ केही नियम साभार गरिएको छ
बारबन्देजसम्बन्धी निर्णय स् स्थानीय घाँसे भूमिहरू ९भीरपाखा० बन्देज तथा खुला गर्ने । विद्यालय कम्पाउन्डभित्र चियाबारी तथा अम्रिसो बारी बन्देज गरिएको छ ।

दण्ड जरिवानासम्बन्धी नियम स् बन्देज भूमिमा पशु चौपाया चराउन नमिल्ने । गाई गोठ उभौली सार्ने निश्चित मिति, घाँसे मैदान फुकुवा गर्ने मिति, बन्देज गरिएको सिमानाभित्रको बाटो आवतजावतमा रोक । वन सीमाभित्र ढलेका वा सुकेका रूखको मूल्य निर्धारण । तोकिएको सीमाक्षेत्रभन्दा बाहिर ढुंगा तथा अन्य निर्माण सामग्री निकासीमा रोक लगाइएको छ ।
रीतिथिति नियन्त्रण सम्बन्धमा स् गाउँभित्र कुनै पनि युवतीले रोधी गर्न, बस्न नपाइने । गाउँ बार्ने बेला प्रत्येक व्यक्तिले गाउँमा घाम उदाएपछि मात्र कोदो, गहुँ चुट्ने, मकै छोडाउने र भुत्ल्याउने । गाउँका साना कामहरूमा पर्म लगाउन नपाइने ।

त्यस्तै विवाह गर्दा भाइ खलकले कोसेलीको मूल्य तोकेर मात्र गोत्र सार्न पाइने । गाउँभित्र रकम लेनदेन गर्दा सयकडा दुई रुपियाँ मासिक ब्याजदरमा सट्टासापट गर्न पाइने । गाउँलाई आपत्कालीन झारा उठाउँदा पाँच हजार उठाउने र गाउँको कोषमा बुझाउनुपर्ने । गाउँमा जुवातास तथा लागूपदार्थ बन्देज । वर्षाको समयमा राखिएका काठे पुलहरू भत्काउन र निकाल्न नपाइने । गाउँपालिकामा खसी, भेडा तथा बोकाहरू समाजले माग्दामाग्दै बाहिर बेचिएमा जरिवाना गरिने । आदि ।

त्यस्तै दरभाउ, ज्याला तथा खाद्यवस्तुको मूल्य सम्बन्धमा पनि गाउँसभाले आफ्नै दरभाउ तोक्ने गरेको छ । यी माथिका विषय हरेक वर्ष गाउँसभाले फेरबदल, खारेज, संशोधन गर्ने परम्परा छ । भेलामा गाउँका १८ वर्षदेखि माथिका गाउँले महिला तथा पुरुषहरूको सहभागिता हुन्छ । यसरी हेर्दा भुजुङ गाउँको गाउँसभा आफैंमा अघोषित राज्यजस्तो लाग्छ । विधान बनाउने, कार्यान्वयन गराउने र कानुनको पालना भए(नभएको फैसला गर्ने राज्यका मुख्य तीन अंगले गर्ने काम गाउँसभाअन्तर्गत नै हुने गर्छन् ।

गाउँसभाले पारित गर्ने निर्णय र नियमहरू यहाँ राजनीतिक दलहरूले पनि पालना गर्नु परेको स्थानीय यम गुरुङले बताए । उनले भने, ुयहाँको नियम र शासन व्यवस्था ठूलो शैक्षिक योग्यतामा र विज्ञतामा आधारित नभई गाउँलाई स्वीकार्य नियमका खातिर अनुभव र परम्परागत प्रणालीका आधारमा तयार गरिन्छ ।ु

आधुनिक समयमा राज्यका अंगहरू तथा राजनीतिक दलहरूको हस्तक्षेपबिना गाउँमा यसप्रकारको स्वायत्त शासनप्रणाली कायम रहेको देख्दा जोकोहीलाई अचम्म लागिहाल्छ । गाउँलेहरूलाई राज्यको उपस्थिति वा अनुपस्थितिले खासै फरक नपार्ने अवस्था छ । किनभने गाउँसभाले बनाएका नियमकानुन नै गाउँलेका लागि लोकप्रिय एवं पारदर्शी छन् । गाउँको बजेट बाँडफाँटमा पनि यही सभाको मुख्य भूमिका रहन्छ । यहाँका गाउँलेहरू पनि निकै मिलनसार लाग्छन् । उनीहरूलाई कुनै जात, भूगोल, इतिहासका आधारमा संविधानमा आफ्नो पहिचानको माग गर्दै आन्दोलन गर्नुको जरुरत पनि छैन, किनभने भुजुङ गाउँ स्वयंमा आफैं एक पहिचान हो, एक स्वायत्त क्षेत्र र ऐतिहासिक विरासतका रूपमा जीवन्त छ ।
आफ्नो विकास आफैं गर्न भुजुङ गाउँलाई कसैले सिकाइरहनु पर्दैन । यहाँका गाउँले आफैं एकताबद्ध भई जुटेका छन् । धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, शैक्षिक विकास, भौतिक पूर्वाधार निर्माणका हकमा सबै ुहोस्टेमा हैंसेु गर्दै जुटेका देखिन्छन् । वनजंगलको संरक्षण र व्यवस्थापन आफैंले गरेका छन् । युवा क्लब तथा आमा समूह गाउँलाई सुशिक्षित र व्यवस्थित बनाउनमा जुटेका छन् ।

ुहरेक विकास कार्यहरू सहभागितामूलक ढंगले गर्‍यो भने मौलिकता र पहिचान कहिल्यै मासिँदैन । यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक विकास र नीति निर्माणमा सबैको समान सहभागिता छ । देशका लागि पनि भुजुङ गाउँ एक मोडल बन्नसक्छु, स्थानीय यम गुरुङले भने ।

आफ्नो भाषा, संस्कृति, मौलिकतामा आँच आउन नदिन, बाह्य हस्तक्षेपविरुद्ध र विकासनिर्माणमा एकताबद्ध भुजुङ गाउँवासी अनुशासित, व्यावहारिक र आत्मीय पनि छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्