मन्त्री परिषद विस्तार वारे जवाफ खोज्दै निर्वाचन आयोग शितलनिवास



सैघाली खबर
काठमाडौं २८ असोज  
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरेको सरकार विस्तारबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारी र सचिवसमेतको टोली शीतलनिवास पुगेको छ ।  

सरकार विस्तार आचारसंहिता विपरीत भएको भन्दै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय सरकारलाई उपलब्ध गराएको छैन । यसबारेमा राष्ट्रपतिले आयोगको धारणा बुझेपछि निर्णय लिने बताइएको छ ।

 

सरकार विस्तार कार्यलाई निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य बताउँदै आएको छ ।

तर, सपथग्रहण कार्यक्रम नै रोक्ने या नरोक्ने भन्नेबारेमा आयोगले कुनै निर्णय दिन सकेको छैन ।

यसैवीच शीतलनिवास जानूपूर्व निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुले आन्तरिक छलफल गरेका थिए । सो छलफलपछि आयोगकमा पदाधिकारीहरु शीतलनिवास गएका हुन् ।

कमल थापा लगायत राप्रपा नेताहरुको सपथ ग्रहण रोक्न आयोगले सल्लाह दिन्छ या सपथ ग्रहणका लागि बाटो खोलिदिन्छ भन्नेबारे सर्वत्र चासोका साथ हेरिएको छ ।

राष्ट्रपतिसँगको छलफल सकिएपछि आयोगले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्