जलजला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृतिमान



 

सैघाली खबर 

दाङ,२८ असोज । जलजला बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा घोराहीमा सम्पन्न भएको छ । साधारण सभाले कृतिमान पुनको अध्यक्षमा ९ सदस्य नयाँ कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा भोपलाल रोका, सचिव निमा घर्ती कोषाध्यक्ष खगेन्द्र पुन रहनु भएको छ । जसको सदस्यहरुमा प्रकाश पुन, सुरज वुढा, मल्लीका पुन दिल कुमारी बुढा,  कनमति रोका, रहनु भएको छ । साधारण सभाले सतबहादुर रोका संयोजक रहेको ३ सदस्य लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा खुशलराम पुन, सुकमति पुन रहनु भएको छ । सबै कार्य समितिको कार्य अबधी ३ बर्षको हुने छ ।

त्यस अबसरमा बोल्ने वत्ताहरुले पुँजीको परिचालन गर्न सकेमात्र आर्थिक विकास हुने वताएका थिए । वक्ताहरुले पैसा कमाएर मात्र नहुने भन्दै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले आर्थिक विकासका लागि सहकारीको भुमिका महत्व पूर्ण हुने भन्दै देशलाई संमृद्ध गराउन सहकारीलाई निति र विधी मार्फत संचालन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानरपालिका १४ का अध्यक्ष शक्तिराम डाँगी, सहकारी वैङकका प्रवन्धक नारायण बेल्वासे, राष्ट्रिय मगर मुक्तिमोर्चाका केन्द्रिय उपाध्यक्ष भिमकुमारी बाठा, जिल्ला सहकारी संघका उपाध्यक्ष हुमा डिसी, पत्रकार महासंघ दाङ सदस्य जनक नेपाली, साझेदारी बचत सहकारी संस्थाका सचिव मोतिनाथ केसी, गोर्खा बचत सहकारी संस्थाका जितबहादुर घती, मगर मुक्तिमोर्चाका केन्द्रिय सदस्य विनोद पून, संस्थाका सल्लाहकार दयाजी रोका, लगाएतले बोल्नु भएको थियो । १० औ साधारण सभामा सचिवको प्रतिवेदन हिमा घर्ती र कोषाध्यक्ष गिरमान पुनले आर्थिक बर्ष २०७३÷७४ को लागि १५ करोड,४५ लाख,३६ हजार ९ सय ३० रुपैयाँको विवरण प्रस्तुत गर्नु भएको थियो ।

उत्कृष्ट ऋणी देखि कर्मचारी सम्म सम्मानित
जलजला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० साधारण सभामा उत्कृष्ट ऋणी देखि कर्मचारी सम्म सम्मान गरेको छ । सहकारी संस्था संचालनका लागि महत्व पूर्ण भुमिका निर्वाह गरेको भन्दै संस्थाका हरिबहादुर सारु र प्रभा रोका लाई सम्मान गरेको थियो । यस्तै संस्थाका तर्फ खगेन्द्र पुन, खिरमान पुन, उर्मिला बुढा, आइतमाली पुन, र मिना ढकाललाई सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्