3f]8]kfgLtkm{ hfFb} u/]sf ko{6s DofUbLsf] cGgk"0f{ ufpFkflnsf–@ l:yt e'?ª tftf]kfgLb]lv ko{6sLo:yn 3f]8]kfgLsf] e|d0fdf hfFb} u/]sf lab]zL ko{6s . cfly{s jif{ @)&$–&% df DofUbLdf &% xhf/ hgf ko{6sn] e|d0f u/]sf 5g . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

आर्थिक

रसुवागढी नाका हुँदै १० महिनामा २९ हजारभन्दा बढी पर्यटक

By Thah Online

November 05, 2019

 

रसुवागढी नाका हुँदै १० महिनामा २९ हजारभन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन । २०१९ जनवरीदेखि अक्टोबर अन्तिमसम्ममा २९ हजार तीन सय १३ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका छन । रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिए पनि सो अनुसारको पर्यटक नआएको रसुवागढी अध्यागमन कार्यालय रसुवाले जनाएको छ । पहिले आउने जति नै पर्यटक आइरहेको कार्यालयका सूचना अधिकारी गणेश भण्डारीले बताए । ‘राष्ट्रपतिको भ्रमणको असर देखिएको छैन,’ उनले भने, ‘पहिले आउनेभन्दा बढेको देखिएन ।’ सडकको दुरावस्थाका कारण नेपाल प्रवेश गरेका केही चिनियाँ पर्यटक टिमुरेसम्म आएर फर्कने गरेको पाइएको उनले बताए ।

रसुवागढी नाकाबाट ५२ देशका पर्यटक नेपाल आएका छन । चीन, सार्क राष्ट्रमा अफगानिस्तानबाहेक अन्य देश र १० वर्ष मुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन । यसकारण पनि चिनियाँ पर्यटक बढेका हुन ।

नाकाबाट २०१९ को जनवरीमा आठ सय ४२, फेब्रुअरीमा चार सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १४ सय ९१, मेमा ३५ सय ३७, जुनमा ६ हजार ७५ पर्यटक भित्रिएका थिए। यस्तै जुलाइमा ४४ सय चार र अगस्टमा ५३ सय ७५, सेप्टेम्बरमा ४३ सय ३३ र अक्टोबरमा २१ सय ३१ चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। २०१५ मा चिनियाँ पर्यटकमात्र आएका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ । सन २०१५ मा १० हजार ६ सय ४९, सन २०१६ मा १७ हजार ८२, सन २०१७ मा १९ हजार चार सय ७८, सन २०१८ मा २९ हजार एक सय ५४ र सन २०१९ को १० महिनामा २९ हजार तीन सय १३ पर्यटक नेपाल आएका कार्यालयको तथ्यांक छ ।

२०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो। त्यो महिना दुई सय ९१ पर्यटक आएका थिए। यो नाका भएर नेपाल भित्रने पर्यटकमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकिया र अस्ट्रेलियाका छन ।