निर्वाचन आयोगको निष्कर्ष ‘ मन्त्री थपले निर्वाचनमा असर नपुग्ने ’



 

 

सैघाली खबर
काठमाडौं २८ असोज
निर्वाचन आयोगले मन्त्री परिषद विस्तारले आगामी हुन लागिएको सभा र प्रदेशको निर्वाचन लाई कुनै असर नपुग्ने निष्कर्ष निकालेको छ ।  

चुनावको पूर्वसख्यामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि सपथ गराउने नगराउने निर्णय गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तहरुसँग परामर्श गरेकी थिइन् । छलफलमा आयोग पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन् ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचार संहिता निर्वाचन स्वतन्त्र, स्वच्छ रुपमा सम्पन्न गर्नका लागि भएको बताए । ‘आज मात्र यो भएको हो र रु यसअघि पनि भएको छ’ उनले अघि भने, ‘सरकार परिर्वतनले हाम्रो स्थानीय तहको निर्वाचनको स्वतन्त्रमा कत्ति पनि असर परेन । अहिले पनि आशा गर्छौं कि तोकिएको मितिमा निर्वाचन होस् ।’

यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा आयोगले आचारसंहिता विपरित भन्दै विरोध गरेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्