देशभरका मेडिकल विद्यार्थीहरुद्वारा माइतीघर मण्डलमा प्रदर्शन



मेडिकल कलेजहरुले तोकेभन्दा बढी शुल्क लिएपछि आन्दोलनरत विद्यार्थीले मंगलवार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

मेडिकल कलेजहरुले शुल्क फिर्ताको माग गर्दा उल्टै दमन गरेपछि उनीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । देशभरका मेडिकल कलेजका विद्यार्थी काठमाडौं पुगेका छन् । उनीहरुले काठमाडौंमै आन्दोलन जारी राख्ने जनाएका छन् । यसको सुरुआत माइतीघर मण्डलबाट गरेका हुन्।

विरोध कार्यक्रममा बोल्दै समितिका अध्यक्ष प्रकाश चन्दले आफुहरुसँग अबैध शुल्क लिएको प्रमाण भएपनि सम्बन्धित निकाय वास्ता नगरेको बताए । ‘ठाउँठाउँमा उल्टै विद्यार्थी कुटिएका छन्, धेरै घाइते भएको छन्। यसको जिम्मा कसले लिने ?’ चन्दले प्रश्न गरे ।

चिनतवन मेडिकल कलेज, वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतका कलेजमा शान्तिपूर्ण प्रदर्शन गर्दा मेडिकल कलेज संचालकहरुले कुटपिट गर्न लगाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्