नायिका थापा राप्रपा ‘प्रजातान्त्रिक ’सहमहामन्त्रीमा मनोनित सर्लाही र काठमाण्डौ वाट उम्मेद्वारी सिफारिस



सैघाली खबर
काठमाडौं २८ असोज  

नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी ‘प्रजातान्त्रिक’ को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् । 
थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखको जिम्मेवारी पाएकी छिन ।

कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।

 

थापाले कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो लगाएको छैन ।

प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना  बलियो रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्