चार नयाँ मन्त्री लिए सपथ



 

सैघाली खबर
काठमाण्डौ २८ असोज

 

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का अध्‍यक्ष कमल थापासहित चार मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री थापासहित चार मन्त्रीलाई सपथ गराएकी हुन् । 

सपथ लिनेमा मन्त्रीहरु जयन्तबहादुर चन्द, दिननाथ गिरी र विक्रमबहादुर थापा रहेका छन्। नवनियुक्त तीन मन्त्रीलाई भने कुनै मन्त्रालयको जिम्‍मेवारी दिइएको छैन।शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाबाट एक उपप्रधानन्त्रीसहित तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए। शनिबारको मन्त्रिपरिषद् विस्तार सँगै अब देउवा नेतृत्वको सरकार ६४ सदस्यीय बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्