सैघाली खबर
काठमाडौं,२९ असोज
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार छान्न दलहरु बिहानदेखि छलफलमा व्यस्त भएका छन्
। बन्दसूची आज आज निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । तरपनि राजनीतिक दलहरूले त्यसको टुंगो लगाउन सकेका छैनन् ।
नेपाली कांग्रेसले बिहान प्रधानमन्त्रीको सरकारी निवासमा उम्मेदवार छान्न छलफल गर्दैछ । कांग्रेसमा जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा धेरै छ ।
नामबारे अध्ययन गर्न बनेको कार्यदल र संसदीय वोर्डको बैठक बिहान बसेर नाम तय गर्ने कांग्रेसले जनाएको छ । आज दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।