एमाले र माओवादी बैठक पनि बस्दै



सैघाली खबर
काठमाडौं,२९ असोज


एमालेमा प्रदेश र प्रतिनिधि सभाका समानुपातिक तर्फका उम्मेदवार टुंग्याउन नेकपा एमालेको बैठक पनि बस्दैछ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस भएर आएको एमालेले जनाएको छ ।

सबैको नाम प्रस्ताव गरेर छलफल गर्दा लामो समय गुज्रिने देखिएपछि प्रदेश संयोजकहरू मार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट समानुपातिक तर्फका उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ ।

आज त्यही सूचीमा छलफल गरेर अन्तिम नाम तय गर्ने एमालेले जनाएको छ । आज ४ बजेसम्म सूची बुझाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै माओवादी केन्द्रले पनि अहिले बिहान छलफल गरेर नाम तय गर्दैछ । आवश्यकता भन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आज बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्