मुख्य समाचार

व्यवस्थापिका–संसद्को कार्यकाल सकियो

By थाहा अनलाइन

October 15, 2017

सैघाली खबर काठमाडौं,२९ असोज

संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिए सँगै संक्रमण कालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ । आगामी मंसिर १० र २१ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको मनोनयन हुने अघिल्लो गएराति देखि संसद्को अवधि समाप्त भएको छ ।

वि.सं २०७० मंसिर ४ मा भएको दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित ६०१ सदस्यीय संविधानसभा २०७२ असोज ३ मा नेपालको संविधान जारीपछि व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको थियो । हाल संसद्मा ५९३ सदस्य कायम थिए ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सँगै मुलुकमा संक्रमणकालको अन्त्य हुनेछ । यो संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म भए पनि मंसिरमा निर्वाचन तय भएको र मनोनयनको मिति असोज २९ बाट शुरु हुने भएकाले संविधानको व्यवस्था अनुसार हिजो कार्यकाल सकिएको हो । संसद्को कार्यकालभरिमा ६६६ दिन बैठक बसेको र यसबीचमा ५६ विधेयक पारित भएका थिए ।