एनआरएन सम्मेलनमा आज बन्दसत्र, मनोनयत दर्ता पनि आजै



सैघाली खबर
काठमाडौं,२९ असोज

गैरआवासीय नेपाल संघ (एनआरएन) को विश्व सम्मेलन आज पनि काठमाडौंमा जारी रहनेछन् । आज सम्मेलनमा बन्द सत्र हुनेछ । आज बन्द सत्र हुँदैछ । बन्द सत्रमा अध्यक्ष शेष घलेले कार्य प्रगति प्रस्तुत गर्नुहुनेछ भने विभिन्न ६ वटा क्षेत्रको क्षेत्रगत प्रस्तुती पनि रहने भएको छ ।

यस्तै विधान संशोधन बारे पनि छलफल हुनेछ । यस्तै नेतृत्व चयनका लागि निर्वाचन भोलि हुने भए पनि मनोनयन भने दिउँसो ३ बजेपछि शुरु हुने भएको छ । नेतृत्वका लागि अध्यक्ष जमुना गुरुङ घले र यसअघिका उपाध्यक्ष भवन भट्टबीच प्रतिस्पर्धा हुने भएको छ । एनआरएन सम्मेलनमा विभिन्न देशमा रहेका प्रतिनिधिहरु काठमाडौं आएका छन् । एनआरएनको ७७ देशमा शाखा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्