अपराध

काभ्रे हत्या काण्ड यस्तो भन्छन् प्रतक्षदर्शीहरु (भिडियाेसहित)

By थाहा अनलाइन

November 06, 2019

काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा मङगलबार घरभित्र मृतावस्थामा भेटिएका श्रेष्ठ दम्पतीको लुटेरा समूहले सोमबार राति हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटाले ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको लुटेरा समूहले आर्थिक प्रलोभनमा परेर हत्या गरेको हुनसक्ने बताएका थिए । सापकोटाले भने, घटनाको प्रकृति हेर्दा मृतक दम्पतीलाई हत्या गरिसकेपछि उनीहरुको सुत्ने कोठामा गएर केही खोजेको जस्तो देखिन्छ ।

मंगलबार बिहान घटना थाहा पाउनासाथ प्रहरीले तालीम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरेको प्रहरीले बताएको छ ।

हेर्नुहाेस् भिडियाे