आज विश्व सेतो छडी दिवस, दृष्टिविहिनको यात्रा भने अझै असहज



सैघाली खबर
काठमाडौं,२९ असोज

आज विश्व सेतो छडी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अक्टोबर १५ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । संसारभर दृष्टिविहिनहरुलाई आवतजावत गर्न सहारा दिने एक मात्र उपकरणका रुपमा सेतो छडीलाई महत्वका साथ हेर्ने गरिन्छ ।

सेतो छडीको माध्यमबाट दृष्टिविहिनहरु स्वतन्त्र रुपमा अरुको सहारा बिना नै हिंडडुल गर्न सक्छन् । अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि (सिआरपीडी) को धारा २० ले यससम्बन्धी व्यवस्था पनि गरेको छ । यसमा नेपाल पनि पक्ष राष्ट्र हो भने नेपालको राष्ट्रिय कानुनहरुमा पनि दृष्टिविहिनहरुको यात्रा सहज बनाउने खालका प्रावधानहरु छन् ।
अपांग संरक्षण तथा कल्याण ऐन २०३९ ले अपांग र उसको सहयोगी समेतलाई हवाइ यात्रमा लाग्ने भाडा दरमा पचास प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ । तर कानुनको कार्यान्वयन पक्ष फितलो भएको अधिकारकर्मीहरु बताउँछन् । सेतो छडी दृष्टिविहिनहरुको मौलिक अधिकार हो भन्ने नाराका साथ जिल्ला जिल्लामा विभिन्न कार्यक्रम हुने भएको छ तर नेत्रहिन संघको भने अधिवेशन भएकाले राष्ट्रिय रुपमा भने दिवस सम्बन्धी छुट्टै कार्यक्रम नरहेको संघका केन्द्रीय अध्यक्ष नरबहादुर लिम्बुले जानकारी दिनुभयो । संघको अधिवेशन हेटौंडामा भइरहेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्