काभ्रेमा बीभत्स हत्याः यस्तो रहेछ घटनाको प्रकृति



काभ्रेको नमोबुद्धनगरपालिका ८, तल्लो हटियामा एक दम्पत्तिको बीभत्स हत्या गरीएको छ । ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको थियो ।

सामान्य जीवन शैली भएका परिवारका ती दम्पत्ति सामान्य तरिकाले आफ्नै घरमा चिया पसल संञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको स्थानीयहरुको भनाई रहेको छ ।

हटिया बजारमा रहेको आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका दम्पतिको धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको र घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा शव फेला परेको स्थानीय एक प्रत्यक्षदर्शीले बताए । दुई जनाको मृत्युहुने गरी भएको यो घटनामा घरसंगै भएका छिमेकिले कुनै आवाज समेत सुनेनन् । त्यसैले पनि घटना शंकास्पद रहेको छ ।

सोमबार राति रक्सी खान पसलमा गएका व्यक्तिले उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरी तथा स्थानीयको आशंका रहेको छ । स्थानीयका अनुसार घटना बिना योजना गरीएको र सामान्य व्यक्तिबाट नै घटना भएको हो । स्थानीयले घटनाको अनुसन्धानलाई सहज पार्नका लागि उक्त दम्पत्तिको पसलमा नियमित रुपमा चिया पिउनेहरुको नाम दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए । हेर्नुहोस् भिडियो,

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्