धार्मिक एकताले मात्रै शान्ति र संस्कृतिको विकास



दिपक बोहरा

दाङ,२९ असोज

धार्मिक एकताले मात्र मुलुकमा शान्ति संस्कृतिको विकास हुने धार्मिक अगुवाहरुले बताएका छन् । हिन्दूधर्मका अगुवाहरुले यस्तो बताएका हुन् । त्रिसिद्धेश्वरी मन्दिर ब्यवस्थापन समिति तुलसीपुरको पाँचौ साधारण सभा तथा दोसं अधिवेशनको अवसरमा वक्ताहरुले शान्ति संस्कृति निर्माणका लागि धार्मिक सहिष्णुता आवश्यक हुने बताएका छन् ।

धर्म निरिपेक्ष राष्ट्र नेपालमा धर्म–धर्मबीचको एकताले मात्र शान्ति संस्कृतिको विकास भई मुलुकमा शान्ति सहिष्णुता हुने उनीहरुको भनाइ थियो । बहुधर्मको मुलुकमा एकले अर्कालाई सम्मान गर्नुपर्ने बताएका उनीहरुले हिन्दूधर्म संस्कृति र संस्कारमा ह्रास आउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । धर्मको संरक्षणमा अब धार्मिक महोत्सव सञ्चालन गर्नुपर्नेमा उनीहरुको सुझाव छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धितालको अध्यक्षतामा भएको अधिवेसन उद्घाटन कार्यक्रममा उक्त मन्दिरका संस्थापक नारायणप्रसाद रजौरेले कुनैपनि सकारात्मक काम गर्नका लागि ईच्छा शक्तिको आवश्यकता पर्ने बताए । लगनशीलता र इच्छाशक्ति भए कुनैपनि मानिसले उदाहरणीय काम गर्न सक्ने बताए ।  कार्यक्रममा दाताहरु उत्तमकुमार श्रेष्ठ, श्यामबहादुर केसी, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव एवं पत्रकार सुशील बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललीतजंग शाह, समाजसेवीहरु टोपबहादुर शाह, शंकरप्रसाद पौडेल, अरुणकुमार श्रेष्ठ लगायतले त्रिसिद्धेश्वरी मन्दिरलाई धार्मिक तथा अन्य पर्यटकहरुको आगमन स्थलको रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

सोही अवसरमा सचिव होमराज शर्माले तीन वर्षे कार्यकालमा गरिएका कार्यका ३४ वटा शीर्षक, प्रस्तावित २१ वटा शीर्षक, अवसर ६ र चुनौती चावटा समेतको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष शिवकुमार आचार्यले एक करोड २९ लाख २३ हजारको बराबरको अनुमानित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा उक्त मन्दिर परिसरभित्रको मुक्तिधाम क्षेत्रमा शौचालय र वाथरुमसहित तीनकोठे भवन निर्माण गरिदिने श्यामबहादुर केसी र मन्दिर परिसर भित्र दुईकोठे किरियापुत्री भवन निर्माण गरिदिने उत्तमकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघले प्रति महिना पाँच सय रुपैयाँ सहयोग गरे बापत सहभागी संघका उपाध्यक्ष ललितजंग शाहलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने उपाध्यक्ष शाहले तीन वर्षे कार्यकालभित्र प्रति महिना एक हजारका दरले ३६ हजार रुपैयाँ मन्दिरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको सहजीकरण होमराज शर्मा, सदस्य निर्मल नेपालीले धन्यवाद ज्ञापन र स्वागत मन्तब्य उपाध्यक्ष घनश्याम उपाध्यायले गरेका थिए । अध्यक्षमा धिताल  दोस्रो अधिवेशनले मन्दिर ब्यवस्थापन समितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

तीन वर्षे कार्यकालका लागि समितिमा नयाँ नेतृत्व चयन गरिएको हो । शनिबार देवराज धितालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा घनश्याम उपाध्याय, सचिवमा होमराज शर्मा, कोषाध्यक्षमा शिवकुमार आचार्य र सह–सचिवमा निर्मल नेपाली चयन भएका छन । सदस्यहरुमा शारदा देवकोटा, उषा डाँगी, वीरबहादुर बुढा, निमानसिंह विक, टेकराम खड्का र माधवप्रसाद गिरी रहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्