विश्व हात धुने दिवस



सैघाली खबर,
काठमाडौं, २९ असोज–। विश्व हात धुने दिवस विभिन्न कार्यक्रम गरी आइतबार नेपालमा पनि मनाईंदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ ।

संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालेको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सन् २०१४ मा गरेको अध्ययनले १३ प्रतिशत नेपालीले मात्र राम्रो सँग हात धुने गरेको देखाएको छ ।

केन्द्रका अनुसार नेपालमा झाडापखालाबाट ज्यान गुमाउनेमध्ये ८८ प्रतिशतको सरसफाइ र खानेपानीको अभाव तथा ठीकसँग हात नधोएकै कारणले हुने गरेको छ ।

साबुन पानीले मिची मिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञले बताएका छन् ।
साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने उनीहरुको भनाई छ । विश्वमा सरसफाईमा ध्यान नर्पुयाउँदा हरेक वर्ष लाखौं बालबालिकाको ज्यान जाने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्