ऋण लागेपछि महिलाले गरिन् प्लास्टिक सर्जरी



सुन्दरता बढाउनका लागि मानिसहरु प्लास्टिक सर्जरी गरेको त सुन्नुभएकै होला । तर कतिपय मानिसहरु चाहीँ आफुले लिएको ऋण तिर्नु नपरोस् भनेर पनि प्लास्टिक सर्जरी गर्दा रहेछन् । एक जना महिलाले यस्तै गरेकी छिन् ।

चीनको सांघाइस्थित वुहान सहरमा एक जना महिलाले ऋण नतिरेको आरोपमा पक्राउ पर्ने डरले प्लास्टिक सर्जरी गराएकी छिन् । आफुलाई कसैले नचिनुन् र पक्रिन नसकुन् भनेर उनले प्लास्टिक सर्जरी गराई अर्कै रुप बनाएकी हुन् ।

ती महिलाको झण्डै ४ करोड रुपैयाँ बराबरको ऋण रहेछ । एक स्थानीय अदालतले उनलाई ऋण चुक्ता गर्ने आदेश दियो । त्यसपछि उनी सांघाइबाट भागेर सेन्झेन पुगिन् । सेन्झेन पुगेर प्लास्टिक सर्जरी गराइन् । तर प्लास्टिक सर्जरीले पनि उनलाई बचाउन सकेन । पुलिसले उनलाई पक्राउ गर्यो । जब उनी पक्राउ परिन् तब उनलाई देख्दा पुलिस नै अचम्ममा पर्यो ।

५२ वर्षकी ती महिला प्लास्टिक सर्जरी गरेर ३० वर्षकी जस्तै देखिएकी थिइन् । पुलिससँग भएको ती अभियुक्तको तस्वीर भन्दा उनको अनुहार विल्कुल फरक थियो ।

उनको वास्तविक नाम हू नाजुआन भएपनि उनी अर्कैको परिचयपत्रमा रेलमा यात्रा गर्थिन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्