आज संविधानपछिको पहिलो गणतन्त्र दिवस मनाईंदै ।।



logo w
जेष्ठ, १५,

आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । २०६५ सालमा आजकै दिन संविधानसभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सूचीमा राखिएको सम्झनामा दिवस मनाउन थालिएको हो । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको ८ वर्ष पूरा भएको छ । दशौं गणतन्त्र दिवसका अवसरमा आज देश विदेशमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । काठमाण्डुको टुँडिखेलमा अहिले बिहान ८ बजे राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका वरिष्ठ अधिकारीहरुको सहभागितामा विषेश कार्यक्रम गरिंदैछ । नेपालको राजनीतिक विकासक्रममा गणतन्त्रलाई अहिलेसम्मकै अग्रगामी उपलब्धिको रूपमा लिइन्छ । राजनीति शास्त्रीहरूका अनुसार, यस अवधिमा धेरै ठूला राजनीतिक उपलब्धि भएका छन् र चुनौती पनि उत्तिकै छन् । गणतन्त्र घोषणापछि संविधानसभाबाट नेपालको संविधान जारी भई कार्यान्वयनको चरणमा छ । राजनीतिक प्रणाली परिवर्तन भयो तर राजनीति गर्नेको नैतिकता, इमानदारी, संस्कार र संस्कृति, राजनीतिक व्यवहार र कार्यशैलीमा परिवर्तन नआएको भन्दखै आलोचना भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्