के तपाई स(साना कुराहरु भुल्ने गर्नुहुन्छ , यस्तो गर्नु होस



के तपाई स(साना कुराहरु भुल्ने गर्नुहुन्छ रु के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् ।

यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत गर्छ । थाहा पाऔ यस्ता खानेकुराहरू‘

चकलेटः चकलेट वा कफी खानाले मष्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्छ । कफी पिउनाले दिमागले तिव्र गतिमा काम गर्ने विज्ञहरूले अनुसन्धानमार्फत पत्ता लगाएका छन् । जाडोमा कोकोयुक्त खानेकुरा खानु लाभदायक मानिन्छ ।

गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन आदी पाईन्छ । यसमा कार्बोहाइड्रेट्सको मात्रा कजम हुन्छ । गोलभेँडामा लाइकोपिन हुने गर्छ । यसले शरिरको फ्रि रेडिकल्सलाई रक्षा गर्ने गर्छ । साथै यो ब्रेनको सेल्सलाई जोगाउँछ ।

जैतुनः जैतुन तपाईको स्वास्थ्यको लागि मात्र नभइ अनुहारको चमकताका लागि पनि लाभदायक छ । जैतुनमा निकै धेरै फ्याट पाईन्छ । यसले सम्झने शक्ति बढाउने काम पनि गर्छ ।

दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, नुन, क्याल्सियम र फस्फोरस जस्ता तत्वहरू पर्याप्त मात्रामा पाईन्छ । दहीको नियमित प्रयोगले शरिरमा फाईदा पुर्याउने जीवाणुहरू बढाउने काम गर्छ र हानिकारक जीवाणु नष्ट गर्ने गर्छ । यसमा अमिनो एसिड पाइन्छ, जसले तनाव कम गर्छ र सम्झने क्षमतामा बृद्धी गर्छ ।

जाईफलः जाईफललाई विषेश स्वाद र सुगन्धका लागि चिनिन्छ । यसमा यस्ता तत्व हुन्छन्, जसले दिमालाई स्वस्थ राख्न मद्धत गर्छ । साथै, सम्झने क्षमतामा बृद्धी गर्न मद्धत गर्छ ।

तुलसीः तुलसीलाई हिन्दू धर्ममा देवीको रूप मानिन्छ । यसको उपयोग मसालाको रूपमा गरिनुका साथै विभिन्न रोगमा औषधीको लागि समेत प्रयोग गरिन्छ । दैनिक तुलसीको २(४ पत्ता खानाले बारम्बार भुल्ने समस्या हट्न मद्धत गर्छ ।

चियाः चियामा पाइने पोलिफिनोलले मष्तिष्कलाई सन्तुलित राख्न मद्धत गर्छ । यसले मष्तिष्कलाई शान्त र एकाग्र बनाउन समेत मद्धत गर्छ । ग्रिन टिमा पाइने एण्टी(अक्सिडेन्टले पनि मष्तिष्कलाई तेजिलो बनाउन मद्धत गर्छ ।

बेसारः बेसार मष्तिष्कका लागि निकै राम्रो औषधी हो । यो मात्र स्वाद र रंगका लागि मात्र नभई मष्तिष्कलाई पनि स्वस्थ राख्न मद्धत गर्छ । यसको नियमित सेवनले अल्जाइमर रोगबाट छुटकारा पाउन सकिन्छ । साथै यो मष्तिष्कको क्षतिग्रस्त कोषहरूलाई पुनजाग्रित गर्ने काम गर्छ ।

दालचिनीः अल्जाइमर रोगीहरुका लागि दालचीनी राम्रो औषधी हो । दालचीनीको नियमित सेवनले सम्झने क्षमतामा बृद्धी हुन्छ र मष्तिष्क स्वस्थ रहन्छ ।

ओखरः दैनिक ओखर खानाले पोषक तत्वहरूको कमी हट्छ । ओखरमा ओमेगा ३, फ्याक्टी एसिड, प्रोटिन, फाइबर र एण्टी(अक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाइन्छ । थोरै ओखर दैनिक खानाले मष्तिष्कको क्षमतामा बृद्धी हुन्छ ।

स्ट्रबेरीः स्ट्रबेरी आफ्नो मनमोहक सुगन्धका कारण विश्वमा नै निकै लोकप्रिय छ । यसको नाम सुन्ने बित्तिकै मुखमा पानी समेत आउने गर्छ । स्ट्रबेरी मिल्क शेक, आइसक्रिम आदीको स्वाद मिठो बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा भरपूर मात्रामा एण्टी(अक्सिडेन्ट पाइन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्