आफ्नो पार्टी मुलुकको पहिलो शक्ति



सैघाली खबर,
काठमाडौं, २९ असोज ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन भएसँगै आफ्नो पार्टी मुलुकको पहिलो शक्ति भएको घोषणा गरेका छन्।

अध्यक्ष ओलीले संसद विघटन र स्थानीय तहको मत परिणाम दुवै कारणले अब एमाले मुलुकको पहिलो शक्ति भएको दाबी गरेका हुन्। आइतबार आफ्नै निवास बालकोटमा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दानबहादुर बस्नेतलाई पार्टी प्रवेश गराउँदै उनले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेले अत्यधिक बहुमत ल्याउने दाबी समेत गरे।

अध्यक्ष ओलीले विपक्षको भ्रमपूर्ण प्रचारका कारण मात्रै प्रदेश नम्बर २ को स्थानीय तहमा निर्वाचनमा एमाले दोस्रो शक्ति बन्नु परेको दाबी पनि गरे।

अध्यक्ष ओलीले अब हुने निर्वाचनमा एमाले प्रदेश नम्बर २ मा पनि पहिलो शक्ति बन्ने दाबी गरे। उनले तराई मधेशमा पार्टी प्रवेश गर्ने नेताहरूको लहर चलेको र त्यो जनस्तरसम्म पुग्ने दाबी गरे।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले तराई मधेशको विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्