अपराध

बहुविवाह गर्ने तामाङ पक्राउ

By Thah Online

November 08, 2019

नुवाकोटको सूर्यगढि गाउँपालिका वडा नं १ का जित बहादुर तामाङ बहुविवाह गरेको आरोपमा पक्राउ परेका छन ।

घरमा श्रीमति हुदाँ हुदै गत कार्तिक १७ गते बिवाह गरेकाले जेठि श्रीमति सुमित्रा तामाङले जिल्ला प्रहरी कार्यालयमा जायरी दरखास्त पेश गरेकि थिईन । जित बहादुर तामाङले स्थानिय सजिना तामाङ संग बहुबिवाह गरेकाले पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

बिहिवार प्रहरीले जिल्ला अदालत नुवाकोटबाट म्याद लिएर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।