बेवारिसे बालिकाको असहाय बाल बिकासलाई जिम्मा



दिपक बोहरा,
तुलसीपुर २९ असोज ।
तुलसीपुरमा भेटिएकी एक बालिकालाई असहाय बालबिकास नेपाल बिजौरीलाई जिम्मा लगाईएको छ । शुक्रबार बेवारिसे अबस्थामा तुलसीपुरमा भेटिएकी ती बालिकालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले हेरचाह गर्दै आएको थियो । भेटिएकी ती बालकालाई आफन्तले दाबिबिरोध गर्न नआउँदा सम्म पालन पोषण तथा शिक्षा दिन भनी उक्त संस्थालाई जिम्मा दिएको हो ।

अनुमानित ११ बर्षीया ती बालिकालाई आईतबार ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी राजेन्द्र प्रशाद अर्यालले असहाय बालबिकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीलाई जिम्मा लगाएका हुन् । आफ्नो घर दाङ बताउने ती बालिकाले आफ्नो नाम अनिता चौधरी, बुवाको नाम टिकाराम चौधरी र आमाको नाम फुलमती चौधरी बताउदै आएकी छिन् ।

उक्त संस्थाले यस अघि १४ जना बालबालिकालाई पालन पोषण तथा पठन पाठन गराउँदै आएको प्रेस सल्लाहकार दिपक बोहराले जानकारी दिए । तुलसीपुर क्षेत्रमा बालबालिकाको पालन पोषण तथा संरक्षणका लागि उक्त संस्थाले महत्वपुर्ण भुमिका निर्बाह गरेकाले ती बालिकाको पालन पोषण तथा शिक्षा दिक्षाका लागि जिम्मा लगाईएको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी अर्यालले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्