तेह्रथुमको फेदाप पत्रकार समाजका अध्यक्षलाइ दुई सम्मान



बिगत आठ बर्ष देखि पत्रकारिता पेसामा निरन्तर कलम चलाउदै आउनु भएका फेदाप पत्रकार समाज फेदापका अध्यक्ष इन्द्र नेपाली समानित हुनु भएको छ।

फेदाप गाउँ पालिका दुई ओयाक्जुङ्गको सिद्धकाली माद्यामिक बिधालय ओयाक्जुङ्गलाई इजरायलमा कार्यरत समाज सेबि देब बास्कोटाको पहलमा प्रवासमा रहेका नेपालीहरुको आर्थिक सहयोगमा निर्मित स्टेज हस्तान्तरण कार्यक्रममा तीनजुरे मिडिया ग्रुप प्रवासका अध्यक्ष देब बास्केटाले संस्थाद्वरा संचालित सामाजिक कार्य सगै सिद्धकाली माबीको हाता निर्माण भएको स्टेजको समाचार सम्प्रेषण गर्दै आउनु भएका नेपाली लाई बिधयालयले आयोजना स्टेज हस्तान्तरण कार्यक्रममा अध्यक्ष बास्केटाले प्रमाणपत्र, खादा,मालाले सम्मान गर्नु भएको हो।

यस्तै गरि सोही कार्यक्रममा वैदेशिक रोजगारीको क्रममा दुबइमा फिलिपिनि नागरिकको हत्या आरोपमा सेन्टर जेलमा मृत्युको सजाय सुनाएका फेदाप फेदाप गाउँ पालिका दुई ओयाक्जुङ्गका खड्क बहादुर जोगि बचाउ अभियानमा रकम सकलन सगै आर्थिक सहयोग जोगिलाई बचाउ अभियानको समाचार सम्प्रेषण गरि सहयोग गरेका नेपालीलाई खड्क बहादुर जोगि बचाउ अभियानका संयोजक दुर्गा प्रसाद गिरिले खादाद्वारा सम्मान गर्नु भएको छ।जोगि ६२ लाख ब्लड मनि बुझाइ स्वदेस फिर्ता भएका थिए।

नेपाली बिगत आठ बर्ष देखि पत्रकारिता पेसामा कलम चलाउदै आउनु भएको छ भने पत्रकार समाजका अध्यक्ष,तेह्रथुम खबर डटकम अन्लाईन खबरका प्रमुख,रेडियो मेन्छायायेम १०३।४ मेघाहर्ज,सैघाली खबर ड्टकम लगायतका संन्चारगृहमा आबद्ध रहि कलम चलाउदै आउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्