सहकारी संघ छलफल



गोविन्द खड्का
घोराही, २९ असोज 
दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराहीले आईतवार सहकारी संस्थाहरु संग छलफल गरेको छ । संघका अध्ययक्ष नारायण भुषालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीहरुलाई संघमा आवद्ध हुनका लागि प्रस्ताव गरिएको थियो ।

सहकारी संस्थाका प्रमुख प्रतिनिधीहरुले छलफल गरेर प्रतिकृया दिने जवाफ दिएका छन् । जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष अन्जन कुमार पौडेल, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्ण गौतम, सहकारीका प्रमुखहर हुमा डिसी, जागेश्वर नेपाली र ईश्वरी सुवेदी लगाएतले आफ्नो धारणा राख्नुभएको थियो ।

संघका वाणिज्य उपाध्यक्ष टंकसिं बुढाथोकिको स्वागत बाट शुरु भएको कार्यक्रममा धन्यावाद उद्योग उपाध्यक्ष बसन्त जोशि ले र सहजीकरण सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्