मुख्य समाचार

सामाजिक अपराध विरुद्ध सामुदायिक प्रहरी

By थाहा अनलाइन

October 15, 2017

सैघाली खबर

दाङ,२९ असोज । समुदायमा बढ्दो मात्रामा हुने ठगी, चोरी, जुवातास र सामाजिक अपराध विरुद्ध सचेतना कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ सँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले आयोजना उक्त कार्यक्रमम सम्पन गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले प्रशिक्षण दिनुभएको थियो । उहाँले जिल्लामा हुने गरेका ठगी, चोरी लगायत सामाजिक अपराधका घटनाको प्रकृतिबारे जानकारी गराउदै कानुनी सजायका बारेमा स्पष्ट पार्नु भएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह, प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले ठगी, चोरी, जुवा जस्ता अपराध जस्ता सामाजिक अपराधबाट बच्नकालागि स्वयमं व्यक्ती नै सचेत हुनुपर्ने बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कृष्णा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव कुलबहादुर घर्तिले गर्नुभएको थियो ।