प्रदेश ५

मासु पसल व्यावस्थीत गर्न मासु व्यावस्थापन समितिको आग्रह

By थाहा अनलाइन

October 15, 2017

सैघाली खबर घोराही ,२९असोज

घोराहीमा संञ्चालनमा रहेको मासु पसलहरु लाई व्यवस्थीत गर्न नगर मासु अनुगमन समितिले आग्रह गरेको छ ।

आईतवार समितिका संयोजक एंव घोराही उप–महानगरपालिका वडा नम्वर १४का वडाअध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन्न वैठकले घोराहीमा सञ्चालनमा रहेका मासु पसलहरु लाई व्यवस्थीत र सर–सफाई युक्त बनाउन आग्रह गर्दै मासु पसल व्यावस्थापनका र सुधार गर्न व्यावसायीहरु लाई आग्रह गरेको छ ।

त्यस्तै समितिले मासु पसलले मासु झण्ड्याएर वेच्न पनि प्रतिवन्ध लगाएको छ । यही भदौ १ देखी फागुन १ गते सम्ममा विहान १० वजे सम्म र फागुन २ गते देखी श्रावण मसान्त सम्ममा विहान ९ वजे सम्म मात्रै मासु विक्रिवितरण गर्न पाईने जनाएको छ ।

साथै अनुमति विना सञ्चालनमा रहेका मासु पसलहरु पसल दर्ता गर्न समितिका संयोजक डाँगीले आग्रह गर्नुभएको छ ।