अपराध

लागु औषधसहित दुई जना पक्राउ

By थाहा अनलाइन

November 08, 2019

सुनवल, कार्तिक २२– जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु औषध सहित दुई जनालाई आज शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका ४ शान्तिचौरबाट दुइ जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका ११ बस्ने १९ बर्षिय संजय तामाङ र सोहि स्थान बस्ने १३ बर्षिय सरोज तामाङ रहेका छन् ।

पक्राउ परेका तामाङबाट डाइजोपाम ४७ एम्पुल , फेनरागन ४७ एम्पुल , नुफ्रिन ४७ एम्पुल , नाइट्राभेट ७ टयाब्लेट , स्ट्रगेन ३ र ट्रयानम्वेल ३ टयाब्लेट लागु औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिएका छन् ।