मनोरञ्जन

सल्यानमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको तयारी पूरा

By थाहा अनलाइन

October 15, 2017

हेमराज परिवर्तन सल्यान ,२९असोज सल्यानमा तिहार बिशेष साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।हिन्दू नेपालीहरुको दोश्रो महान चाँड शुभ दीपावलीको अवशर पारेर यस्तो कार्यक्रम संचालन हुन लागेको हो ।ग्लोबल मीडिया हाउस शाखा कार्यालय घोरही दाङ्को आयोजनामा हुन् लागेको उक्त कार्यक्रममा प्रतियोगिताहरु खुल्ला लोकदोहरि,एकल नृत्य,खुल्ला गजल ,र घैटोफोर रहने बताइएको छ ।

बिबिध कला र साहित्यि सल्यानी को सान,स्थानीय प्रतिभा सँगै साँस्कृतिको उत्थान ुभन्ने मूल नारा रहेको उक्त कार्यक्रमका मुख्य आकर्षक आधुनिक गायक सागर अबिरल जी।सी।

गायक तथा सर्जक दीपेंद्र खत्री,लोकदोहरि गायिका सुशीला थापा,बिष्णु सुनार,हास्य्कलाकारहरु मधु खडका ९लाहुरे बा०संदीप गौतम९रेडियो साइलो०र याम खत्री ९मंत्री० लगायतका क्लाकारहरुको प्रस्तुति रहने शाखा प्रबन्धक मनोजबाबू मनोहर ले जानकारी दिनुभयो ।

सो कार्यक्रम श्रीनगर स्थीत बसपार्कमा यही मिति २०७४अशोज,३० गते हुने र कार्यक्रम अवधिभर कुनै पनि टिकेट शुल्क नलाग्ने कार्यक्रम सयोजक हेमराज परिवर्तनले बताउनु भएको छ ।साथै कार्यक्रम अवधिभर रेडियो,टी।भी।,यूट्यूब,पत्रपत्रिका,अनलाइनखबर तथा प्रत्यक्षय गरी पचास हजार बढ़ी श्रोता तथा दर्शकले अवलोकन गर्ने पनि आशा गरिएको छ ।