प्रकाश दाहालले लोकेन्द्र विष्टलाई प्रश्न गरे कुन – कुन दलाल र ‘र अ’ का मान्छेले प्रचण्डलाई घेरे ?



 

हाम्रो आदरणिय कमरेड अहिले राजिनामा दिनु भएको छ । हुन त तपाईको यो पहिलो राजिनामा हैन लोकेन्द्र बिष्ट मगरले एक अनलाईन मिडियालाई दिनु भएको अन्तरवार्तामा भन्नु भएको रहेछ । प्रकाश दाहालले उहांलाई बाटो छेके र प्रचण्ड परिवारकै घेरामा हुनु हुन्छ ।

सर्वप्रथम त उहांलाई धन्यबाद दिन चाहन्छु । मुख्यतस् यो लगभग ७र८ महिना अगाडीको कुरा हो । हामी एक कार्यक्रममा गएर फर्केका थियौं फर्कदा बेलुकाको ८ बजेको थियो तत्कालिन प्रधानमन्त्री ।प्रचण्डले मेरो ब्लड प्रेसर बडेको छ । अहिले सबै भेटघाट स्थगित गर्नु भन्नु भएको थियो । उहांकै निर्देशन अनुसार लोकेन्द्र जी त्यहां आएको थाहा थिएन र सुरक्षाकर्मीले मलाई खबर गर्नु भयो लोकन्द्र जी माथी आउदै हुनु हून्थ्यो उहांको र मेरो भेट भ¥याङमा भयो र महिले यस्तो यस्तो छ प्रम रेष्ट गरिरहनु भएको छ भोली बिहानै आउनु होला अहिले रेष्ट गर्न दिउ भनेकै हो । मुख्य कुरा आफ्नो स्वास्थ्य हो र प्रमको निर्देशन र उहांको स्वास्थ्यलाई मध्यनजर गरेर नै महिले रोकेकै हो । जुन मेरो कर्तव्य नै हो र उहांलाई ममैले भोली बिहानै आउनु भनेकै थिए ।

र अर्को कुरा उहांलाई खै किन मसंग चित्त बुझेको थिएन र मेरो विरुद्ध त्यति बेलामै फेसबुकमा स्टाटस लेख्नु भएतो थियो । मैले उहालाई फेसबुकमा म्यासेज पठाएको थिए जुन अहिले पनि मसंग सुरक्षितनै छ । तपाई हाम्रो नेता हो तपाईले मलाई फेसबुकमा स्टाटस लेखर भन्दा पनि भेटेरै सल्लाह दिन सक्नु हुन्छ र सक्नु पर्छ । तपाई जस्तो यत्रो योगदान गरेको नेताले म जस्तो सानो कार्यकर्तालाई फेसबुकमा लेखेर ठोक्ने हैन । हामी कार्यकर्ताहरुले तपाईहरुबाट ठुलो आसा राखेका छौं” तर उहांको उत्तर आएन । भएको यहि थियो उहांसंग ८ महिना अघि लोकेन्द्र सर एउटा कुरा जुन तपाईले प्रचण्ड माथी आरोप लगाएर पार्टी छोडेको घोषणा गर्नु भएको छ ।

प्रचण्डलाई भेट्न दलाल ठेकदार ‘र का मान्छे सजिलै जान्छन् ।आरोप लगाउन सजिलो छ किनकी आरोपको लागि कुनै प्रमाण चाहिदैन् । अर्को कुरा प्रचण्ड त्यस्तो घेरा र हामीले उहांलाई निस्वार्थ सहयोग नगरेको भए उहांको १० महिने कार्यकाल संसारले सफल सरकारको उपाधी दिन सक्थ्यो के व्यापारी र दलालले घेरेका मान्छेले त्यति काम गर्न सक्थे असफल गए गुज्रेको सरकार हुनु पर्ने जुन प्रकारले तपाईले आरोप लगाउनु भएको छ । यहि प्रमाण छ के एउटा उदाहरण दिन सक्नु हुन्छ त्यो १० महिने कार्यकालमा कुन कुन व्यापारी दलाल र ‘रअ’ का मान्छेले प्रचण्डलाई घेरे ।

तर तपाईले को को लिएर बालुवाटार आउनु भयो सब रेकर्ड छ म संग यस्तो आरोप लगाएर पन्छिने र पलाएन हुन सजिलो छ तर जिम्मेवारी लिन गाह्रो हुन्छ । त्यति बेला १० महिनामा हामीले के के गर्यौ त्यस्ता व्यापारी, दले र फाईल बोकेर हिड्नेलाई कसरी रोक्यौ र प्रमलाई राष्ट्रकै बारे सोच्ने समय अधिकतम मिलायौ र उहां र पार्टीलाई सफल बनायौ यो उहांको कार्यकाल सफलताले नै प्रमाणित गर्छ । अहिले पनि हामी अध्यक्षलाई पुरापुर समय पार्टी निर्माण र राष्ट्रलाई सर्बोपरी राख्ने भेटलाईनै प्राथमिकतामा राखेका छौं । यहां फाईल बोकेर कुनै दलाललाई बोकेर आउनेको लाईन कम हूंदैन र हामीले कसरी रोकेका छौं हामीलाई राम्रोसंग थाहा छ । यसरी आरोप लगाएर पन्छिन सजिलो छ ।

अर्को कुरा तपाई माओवादीको नेतृत्व तहको नेता हूनु हुन्छ । तपाईहरबाटै नेतृत्व भएको जनयुद्धमा दशौं हजारको बलिदानी भएको छ त्यसको जिम्मेवारी तपाई हामी सबै छौं ति शहिद, घाईते , बेपत्ताको जिम्मेवारी र तिनका सपना यसरी अरुलाई आरोप लगाएर पन्छिने अधिकार तपाईमा छैन । सबै मिलेर उहांहरुको सपना पुरा गर्ने हो । अझै पनि तपाई जस्तो हाईटको नेता आरोप लगाएर पन्छिनु र भाग्नु भन्दा सामना गरौं यसरी पार्टी छोडे भनेर अन्तरवार्ता दिनु भन्दा यहि पार्टी र ति हजारौ सहिद, घाईते वेपत्ता लगायत जनयुद्धमा योगदान र बलिदान दिनेहरुका सपना पुरा गर्न लागौं । नेतृत्व गर्नुस् हामी तपाईका कार्यकर्ता हौं ।निर्देशन पालना गर्ने सिपाही हौं । हामी पनि २०५७ सालदेखि पूर्णकालिन भई सबै त्यागेर हिड्ने पार्टीका सिपाही हौं । अन्तमा पार्टी छोडेर हिड्ने अधिकार तपाईमा छैन । माफ गर्नु होला सार्वजनिक रुपमा आएको हूंदा मैले पनि सार्वजनिक रुपमा सत्य कुरा लेखे ।

प्रकाश दाहालको फेसबुक बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्