धादिङको निलकण्ठ–१० भकारेमा बस दुर्घटना, ३ जनाको मृत्यु, २९ जना घाईते ।



 

Dhading-bus-accident

जेष्ठ,१५,

धादिङको नीलकण्ठ नगरपालिका वडा न १० स्थित भकारे खोलामा बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । धादिङबेशी बाट खहरे तर्फ जाँदै गरेको बस बाटोमा बिग्रेकाले उक्त बसको यात्रुलाइ खहरेको त्रिपुरेश्वर बोर्डिङ स्कुलको ग १ ख ३४०५ नम्बरको बस बोलाएर पठाइएको थियो । बसमा यात्रु राखेर खहरेतर्फ जानलाग्दै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्युहुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ बस्ने पुर्णदेवी पाण्डे, फुलमाया तामाङ र वडा नम्बर ६ बस्ने लक्ष्मी सिम्खडा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । घाईतेहुनेहरुमा त्रिपुरा सुन्दरी ९ बस्ने गोविन्द तामाङ, ७ का सानुमाया गुरुङ, कृतिका गौली, लक्ष्मी देवकोटा, पार्वती नेपाली, निसा गौतम, सुमन परियार, विजुली सिटौला, विष्णु माया धरेल, पार्वती परियार, सुनिता परियार, जानुका मगर, जमुना गौली, कृष्टिना गौतम, यमबहादुर मगर, वडा नम्बर ३ का रेशमबहादुर मगर, वडा नम्बर ४ का घ्यूकुमारी परियार, वडा नम्बर ६ का भोज प्रसाद बन्जरा, दिप्सन पाण्डे, भोजनारायण श्रेष्ठ, ईन्द्र प्रसाद बञ्जरा, निलकण्ठ नगरपालिका वडा नम्बर ३ का मनिका लगुन, अनिसा विक, वडा नम्बर २ का शान्ता गौली, हरिचन्द्र गौली, वडा नम्बर ९ का अस्मीता सामरी, आशिष सामरी, काठमाण्डौंका जमुना बञ्जरा, साउथ कोरियाका विदेशी नागरिक जेईसो रहेका छन् । अहिले घाईते २४ जनाको काठमाण्डौंमा उपचार भईरहेको छ भने ५ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जीयारले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्