लक्ष्मी जयन्ती मनाईने



सैघाली खबर
दाङ,३० असोज

नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती राप्ती साहित्य परिषद र प्रलेस दाङले संयुक्त रुपमा मनाउने भएका छन् ।
राप्ती साहित्य परिषद र प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले संयुक्त रुपमा कात्तिक १ गतेका दिन मनाउने तयारी गरेका छन् । परिषदका अध्यक्ष पुरुषोत्तम खनाल र प्रलेस दाङका अध्यक्ष शरद अधिकारीले राप्ती साहित्य परिषदको सभाकक्षमा दिउसो १२ बजे आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि दुवै संस्थाले आह्वान गरेका छन् ।
सोही कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको निवन्धका साहित्यकार टिकाराम उदाशीले र साहित्यकार शरद देवकोटाले लक्ष्मीप्रसाद देवकोटाको कविताका बारेमा समिक्षा गर्ने कार्यक्रम रहेको राप्ती साहित्य परिषदका अध्यक्ष खनालले जानकारी दिनुभयो । दुवै साहित्यीक संस्थाले हरेक बर्ष संयुक्त रुपमा लक्ष्मीप्रसाद देवकोटाको संझना गर्ने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्