फुलेनन् मखमली र सयपत्री




जनक नेपाली

दाङ, ३० असोज । गाउँमा तिहारको रौनक छुट्टै छ । कमाउन बर्षाे देखि परदेश छिरेकाहरु त्यहा हुदा पाएको दुःख भुल्दै घर फर्किसके भने कतिपय फर्कने तरखरमा छन् । गाउँ घरमा कमेरोले लिपेको घर त्यसमाथी झिलीमिली बलेको दिपावली बत्तिले झनै गाउँमा छुट्टै रौनकता थपेको छ ।

स— साना बाल बालिका देखि बुढापाका सम्म सोरठी र मुर्चुङगाको तालमा खेलिने देउसी ,भैलोले त झनै कसको मन पो नछोला र ।  फुलैफुलको पर्वका रुपमा रहेको तिहारमा भने पछिल्लो समय मखमली र सयपत्री पाईनै छाडेको छ । जिल्लामा सयपत्री र मखमली फुलको अभाव देखिएको सर्वसाधारणहीले वताएका छन् ।

तिहारमा संप्तरंगी टिका र मालाको विशेष महत्व भएपनि आजभोली फुलका माला पाउन निकै मुस्किल पर्ने गरेको तुलसिपुर १८ का शोभा शर्माले वताउनुभयो । यस वर्षमा तिहार नजिकै भएका कारण फुलको अभाव भएको उहाँको भनाई छ । घरमा फुल रापेका छौ तर पुलेका छैनन भन्नुभयो । हाम्रा वरपर समेत कसैको दैलोमा फुलको एउटा बोट समेत फुल्न नपाउदै तिहार आएको भन्दै यसबर्षको तिहार मखमली र सयपत्रीका कारण खल्लो हुने अबस्था आएको शर्माको भनाई छ । तिहारमा धेरै माग हुने फूलको स्थानीय बजारमा अभाव देखिएको छ । फूल पाइन छाडेपछि सबैभन्दा ठूलो समस्या दिदीबहिनीलाई परेका छन ।

कृत्रिम मालाले बजार छोप्यो

जिल्लामा व्यवसायिक फुलखेती नहुँदा मखमली र सयपत्रीको फूल अभाब देखिएको छ । केही वर्षअघिसम्म प्रशस्त पाइने मखमली र सयपत्रीको फूल पाउन छाडेपछि प्लास्टिकका मालाले बजार छोपिएका छन् । स्थानीयस्तरमा फूल उत्पादन नहुँदा र बाहिरबाट खरिद गरी ल्याउँदा महँगो पर्ने भएकाले सयपत्री र मखमली माला पाईन छाडेको छ ।फूल धेरै दिन राख्न नसक्ने हुँदा मखमली र सयपत्री फूलको माला नपाइएको व्यापारीहरू बताउँछन ।त्यसैले कृतिम मालाले पनि बजार धान्नै नसक्ने माग बढेको छ ।

जिल्लाका कुनै पनि ठाउँमा मखमली र सयपत्री फूलको माला पाउन नसक्दा कृत्रिम माला खरिद गर्नुपरेको घोराहीका शान्ता शर्माले वताउनुभयो । बजारमा कृतिममाला माला २० देखि ५ सयसम्म पाईने गरेको शर्माले वताउनुभयो । केही वर्ष अघिसम्म गाउँ घरमा मखमली र सयपत्रीका फूल ढकमक्क फूलेका हुन्थे तर यस वर्ष फूल खोज्न दुई दिन हिँडदा पनि नपाइए पछि बाध्य भएर कृतिम माला किन्न बाध्य भए उहाँले भन्नुभयो । फूलबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ज्ञान नहुदा अभाव यस्तो समस्या देखिएको उहाँको भनाई छ ।

 

दाङमा ५० लाखको कृतिम माला खपत
तिहारका लागि भनदै यस बर्ष दाङमा झण्डै भारत बाट ५० लाखको कृतिम माला भित्रिएको छ । जिल्लाको मुख्य बजारमा घोराहीमा मात्र झण्डै ५० लाखको माला बजार भित्रिएको घोराही स्थित श्री नगर स्टोरका सञ्चालक राजिव उल्ला खाँनले जानकारी दिनुभयो । एउटा पसलले मात्र दाङमा तीन देखि चार लाख सम्मको माला आयात गरेको भन्दै बजारमा कृतिम मालाको कारोवार बढेको खाँनको भनाई छ । बजारमा भन्दा गाउँमा कृतिम मालाको खपत बढेको उहाँको भनाई छ ।

तस्बिर जनक नेपाली / समिक्षा गाहा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्