करेन्ट लागेर मृत्यु



सैघाली खबर,
दाङ ३० असोज।दाङमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका(५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ ।

आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्