समाचार

करेन्ट लागेर मृत्यु

By थाहा अनलाइन

October 16, 2017

सैघाली खबर, दाङ ३० असोज।दाङमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका(५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ ।

आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।