प्रदेश नम्बर दुईमा हाम्रो सरकार बन्छ



सैघाली खबर,
मोरङ, ३० असोज ।– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनुभएको छ ।
गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पार्नुभयो । आपसी समझदारीमा सिटमा तालमेल गरिने उहाँको भनाइ थियो ।
उहाँले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गर्नुभयो ।

आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै उहाँले प्रदेश नं २ मा सरकार बनाउने दाबीसमेत गर्नुभयो । फोरमका अध्यक्ष यादवले आफू मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने भन्ने विषयमा केही दिनमैे निर्णय गरिने जानकारी गराउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्