मुख्य समाचार

प्रदेश नम्बर दुईमा हाम्रो सरकार बन्छ

By थाहा अनलाइन

October 16, 2017

सैघाली खबर, मोरङ, ३० असोज ।– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनुभएको छ । गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पार्नुभयो । आपसी समझदारीमा सिटमा तालमेल गरिने उहाँको भनाइ थियो । उहाँले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गर्नुभयो ।

आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै उहाँले प्रदेश नं २ मा सरकार बनाउने दाबीसमेत गर्नुभयो । फोरमका अध्यक्ष यादवले आफू मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने भन्ने विषयमा केही दिनमैे निर्णय गरिने जानकारी गराउनुभयो ।