म्याग्दीमा भुकम्प



सैघाली खबर,
म्याग्दी ३० असोज । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुनालाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ ।

विहान ५ बजेर २ मिनटमा मुना आसपासको क्षेत्रमा नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । लुलाङ, ताकम, मुदीका साथै म्याग्दीको सदरमुकाम बेनीबजारसम्म धक्का महसुस भएको थियो ।

म्याग्दीमा ०७२ बैशाख १२ गते गएको भूकम्पपछि गाउँमा पहिलोपटक धक्का महसुस गरिएको बताए । भूकम्प गएपछि घर समेत हल्लिएको थियो । जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । भूकम्प महसुस सबैभन्दा धेरै मुनामा गरिएको छ । भूकम्प मापद केन्द्रकका विज्ञ चिन्तन तिमिल्सिनाका अनुसार धक्का महसुस भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्