बर्माको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिन प्रकिया अगाडी वढाउन निवर्तमान सांसद खनाललाई आग्रह



सैघाली खबर
दाङ,३० असोज

नेपाल प्रेस यूनियन दाङले काग्रेस नेता एवं निवर्तमान सांसद राजु खनालालाई पत्रकार पार्वती बस्नेतका श्रीमान् प्रमोद बर्माको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिन प्रकिया अगाडी वढाउन पहल गरी दिन ध्यानार्कषण गराएको छ ।
। नेपाल प्रेस युनीयनका सल्लाहकार सुदिप गौतम , प्रेस यूनियनका अध्यक्ष सुशिल बस्नेत उपाध्यक्ष वसुन्धरा गौतम नेतृत्वमा रहेको युनीयनको टोलीले पत्रकार पार्वती वस्नेतको श्रीमान प्रमोद वर्माको रहस्मय मृत्यु भैसकेको २ महिना बितीसक्दा समेत अनुसन्धान प्रकिया तदारुकताका साथ अगाडी नवढेको भन्दै यसतर्फ सम्वन्धीत निकायलाइ झकझकाइदिन निवर्तमान सांसद खनाललाइ आग्रह गरेको हो ।

त्यस अवसरमा निवर्तमान सांसद एव काग्रेस नेता खनालले नेपाल प्रहरीको माथील्लो निकायलाइ जनताले लोकतन्त्र र कानुनी शासनको प्रत्याभुती हुने गरि पिडीतलाइ न्याय र पिडकलाइ हदै सम्मको कारवाहीका लागी आफुले ध्यानार्कषण गराउने वताउनु भएको छ। साथै उहाले देश संघियतामा गयसँगै सिंहदरबारको अधिकार घर आँगन सम्म आईपुगेको अवस्थामा कोहि ब्यक्तिपनि अपराध बाट उन्मुक्त नहुने र अन्यायमा नपर्ने बताउदै खनालले दोषिलाई हद ैसम्मको कार्वाही हुने पनि बताउनुभयको छ ।

निर्वतमान सांसद राजु खनालले घटनाको फोटो प्रकृति हेर्दा घटना रहस्मय देखीएको वताउदै नेपाल प्रहरीलाई कसैको पनि प्रभावमा नपरी,घटनाको सत्य तथ्य छानविन गरी निष्पक्ष रुपमा उक्त घटनाको छानविन गर्न अनुरोध गर्नुभयको छ । नेपाल प्रेस युनियनका साधारण सदस्य पत्रकार महासंघ दाङकी साधारण सदस्य समेत रहेकी पत्रकार पार्वती बस्नेतका श्रीमान् प्रमोद बर्मा नेपाल बैंक लिमिटेड बर्दिया गुलरियामा शाखा प्रबन्धकका रुपमा कार्यरत हुनुहुन्थ्यो । बर्माको गत साउन २३ गते बाँकेको अगैयामा शरिरमा निलडाम चोटपटक सहित झुण्डियको अवस्थामा शब फेला परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्