टिप्स

यस्तो छ कागतीको फाईदा ः क्यान्सर देखि मुटुरोग सम्म नियन्त्रण

By Thah Online

November 11, 2019

कागती एउटा फल मात्र नभइ यो हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी छ । कागतीले स्वास्थ्यलाई फाइदा गराउनुका साथै विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गर्ने गरिन्छ । कागतीको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । विशेष गरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्ड लगाएतका देशहरुमा लोकप्रिय छ । हामीलाई चाहिने दैनिक भिटामिन सीको ३२ प्रतिशत मात्रा कागतीको सेवनबाट पाइन्छ ।

कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पनि पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कम मात्रा मा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरी पाइन्छ, साथै कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्ट जस्ता तत्वले भरीपूर्ण हुन्छ ।

फाइदाहरुः

कागतीले स्ट्रोक हुन दिँदैंन ः कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कमगर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ। मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन । कोलेस्टेरोल कम गर्छ स् कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ ।

कागतीले क्यान्सर लाग्न दिँदैंन ः कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ ।

कागतीले मुटु रोगबाट रोकथाम गर्छ ः कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ । यसले रक्त धमनीको सूजनबाट बचाई मु टु रोग लाग्न दिँदैंन । यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सन्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ ।

कागतीलाई तौल नियन्त्रण गर्छ ः कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो। तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रुपमा पिउ ने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ । कागतीले छाला स्वास्थ्यका लागि उपयोगी ः यसमा पाइने स्वस्थ ए सिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोला जेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन समग्र रुप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँ छ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ । कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ः यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदंैन । यसमा पाइने भिटामिन सीले रुघा खोकी, ज्वरो आउन दिँदैंन । कागतीको ताजा जुसले किड्नी स्टोन हुन दिँदैंन र भएको पनि हटाउन मद्धत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गौलाको पत्थरी घटाएको पाइएको थियो ।