मृगौला पिडितको आग्रह सक्नु हुन्छ भने ज्यान बचाई दिनुस्



 

जनक नेपाली
दाङ, जेठ १५ घोराही उपमहानरपालिका १९ का तोसका सिंहबहादुर मगरको हातमा लौरो र उहाँकी श्रीमतीको खिमसरी काखमा दुधे बालक थियो । यो परिवार श्रीमानको ड्यामेज किट्नी शरिर भित्र बोकेर औषधी खर्च जुटाउन गाउँ गाउँ बर्षाै भौतारियो । गाउँमा उपचार खर्च जुट्ने सम्बभब नै थिएन । लामो समय देखि दुबै किट्नी फेल भएका मगर यतिबेला जीवन मरणको दोषाद छन । तर मगरले जीवन रक्षाका लागि सबै संग हार गुहार गरे तर कसैले उनको कुरा सुनेन्न । कहिले कसो विरामी पर्दा सहयोग गर्न आउने गाउँलेहरु पनि पराई भए त्यसमा झनै आफन्त औषधी गर्नु पर्छ भन्ने डरले घरमा आउँनै छाडे उनले भने । घरपरिवार सबै पराई बने सक्नु हुन्छ मेरो ज्यान बचाई दिनुस् ? मलाई बाच्ने रहर छ गहभरी आँसु झार्दै भने । झण्डै २० बर्ष भारतको सिम्ला,दिल्ली, पञ्जाव लगायतका विभिन्न ठाउँमा लेवर कामगरेर फर्किएका मगरलाई यत्तिबेला ज्यान प्यारो छ । अब मलाई रोगले समात्यो मलाई बाँच्न मन छ तर मलाई कसैले सहयोग गरेनन् उनले भने । सक्नु हुन्छ भने मलाई बचाउँन दुई पैसा दिनुस् म संसार देख्न चाहान्छु मगरले भने ।
गाउँमा सानो टहरो छ त्यसैमा तीन बहिनी छोरी बस्दै आएका छौ त्यसलाई बेच्न खोज्यौ विक्री भएन गाउँका सबैसंग ऋिण माग्यौ ऋिण दिएनन मगरले भने । गत पुसमा एक्कासी हात खुट्टा सुन्निय नेपालगंञ्ज स्थित कोहलपुर मेडिकल कलेजमा उपचार गर्न जादाँ बल्ल थाहाभयो दुबै किट्नी ड्यामेज भएका रहेछन् । यतिबेला सारा संसार अधेरोभयो उनले भने । हातखुट्टा लाग्नै छाडे तर के गर्नु मेरा लागि भगवान पनि टेडा भएजस्तो लाग्यो परिवारका अगाडी कुनै विकल्पै थिएन औषधी गर्ने । घर परिवारमा रुवावासी नै मच्चियो म केहि बोल्न सक्ने अबस्था थिएन श्रीमती छोरा छोरी सबैलाई हेर्छु रुन मनमात्र लाग्छ मगरले भने । औषधी गर्न नेपालगञ्ज,वुटवल काठमाण्डौ जताततै गई सक्यौ तर गएरमात्र के हुदो रहेछ उपचारका लागि डाक्टरले १५ लाख रुपैयाँ आबश्यक पर्नै भनेपछि सबै जना घर फिर्ताभयौ मगरले भने ।

2
सम्पतिको नाममा वनको सानो टहरोमा गुजारा गरेको वताउँदै आफु विरामी भएपछि छोरा छोरीले गतिलो े एक छाक अहिले सम्म खान पाएका छैनन । घरमा साझ विहानको छाक टार्न मुस्किल परेको बताउँदै छोरा छोरी समेत भोक भोक मर्नै आबस्था आएको उहाँले वताए। उपचारका लागि अहिले सम्म चार लाख रुपैयाँ खर्च भएको वताउँदै अब उपचार गर्ने पैसा नहुदा आफना अगाडी मर्नु बाहेक अरु कुनै विकल्प नभएको वताउँनुभयो । घरपरिवारको छाक छाक काटेर उपचार गर्दै आएको वताउँदै अब घरमा भएका सबै चिज सकिए पछि घर नै तित्तो नै भैसकक्यो उनकी श्रीमती खीमसरा मगरले वताईन । श्रीमानलाई बचाउँन कामगर्न जाउँ कता जाउँ नजाउँ श्रीमानको अबस्था जटिल छ खिमसराले बताईन । यति ठुलो रकम कसरी जम्मा पार्नु उनले भनिन । घरमा अहिले खाने अन्नको एउटा गेडा सम्म छैन श्रीमान रोग छोरी छोरी भोकै मर्ने अबस्था आएको खिमसराले वताईन । त्यसैले श्रीमानको उपचारको लागि सक्दो सहयोग गरीदिन आग्रह गरिन ।
घरको सम्पति दुई महिना समेत खान नपुग्ने उनको भनाई छ ।

 

छोरा छोरी आफुहरु भगवानको भरोसामा बाँचेको वताउँदै श्रीमानको उपचारका लागि गर्न सहयोग गरिदिन आग्रह गरिन । काठमाण्डौमा उपचार गर्दा डाक्टरले दुबै किट्नी मध्य एउटा अनिवार्य फेर्नु पर्ने वताउँदै त्यसका लागि तत्काल ६ लाख जम्मा गर्न भनेको उनको भनाई छ । त्यसैले आउनु होस तपाई हामी पनि सहयोग गरौ । हामीले गर्नै एक रुपैयाँको सहयोगले कसैको ज्यान बाच्च भने किन नगर्नै ? थाहै नपाई हामीले दैनिक गर्नै फजुल खर्चबाट एक रुपैयाँ जोगाएर यस्ता असायलाई सहयोग गरर्याे भने मगरको ज्यान समेत जोगिन सक्छ । त्यसैले कसैको छोरा छोरी टुहुरो हुनबाट बचाँउ । मगरको छोरा काखमा खेल्ने धोको समेत पुरा होला त्यसैले आउनु होस सबैले मिलेर उनको ज्यान बचाँउ । सहयोग गर्ने चाहाने ईच्छुक व्यक्तिले ९८०९८४५९६५ मा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । घोराही स्थित नविल बैङ्कको खाता रहेको खाता नं. २६१००१७५०७४६१ सहयोग रकम जम्मा गरिदिन आग्रह परिवारले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्