आर्थिक

देशमा न्यायोचित कर प्रणाली लागु गर्नु पर्ने

By Saru Sunar

November 12, 2019

इन्द्र नेपाली तेह्रथुम

देशमा न्यायोचित कर प्रणाली लागु गर्न सकेमात्र समाज समृद्धीतर्फ जाने म्याङलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन ।तेह्रथुमको सदरमुकाम म्याङलुङमा नागरिकले सरकारलाई बुझाउने करको प्रभाबकारीता बिषयक तालीमका सहभागीहरुले प्रयोगात्मक रुपमा छलफल गरि यस्तो निष्कर्ष निकालेका हुन ।

कर प्रणाली न्यायपूर्ण हुँदा राज्वमा बृद्धी हुने,पूर्नबितरण गर्न सकिने,राष्ट्र बिकासका लागी जनसहभागीता बृद्धि गर्ने,असल बस्तुहरु खरिद गर्न प्रोत्साहन मिल्ने भएकाले ब्याबसायको प्रकृतिअनुसारको कर तिर्नु पर्ने निति बनाउनुपर्नेमा जोड दिएका छन ।दुई दिन सम्म संचालन हुने तालीम कर र यस्ले सार्बजनिक सेवामा पार्ने प्रभाबका बारेमा साझा बुझाई,कर शतिmको बारेमा जानकारी हासिल गरि जिल्ला तहमा युवा नेतृतवमा प्रगतिशिल कर र प्रभाबकारी सेवाको बारेमा वकालत गर्ने उदेश्यले संचालन गरिएको आयोजकले जनाएको छ ।

लाहानका ९ र तेह्रथुमका १५ गरि २४ जना युवा सहभागी तालीममा एक्सनएड नेपालका युवा उत्प्रेरक बिशाल मगरले सहजीकरण गरिरहनुभएको छ । तालीमको पहिलो दिन आज नागरिकले तिरिरहेका कर,कर तिरेबापत सरकारबाट पाउने सेवा सुबिधा,सरकारबाट सेवा सुबिधा नपाउदाका असर, कर प्रणाली लगायत बिषयमा छलफल भएको छ ।तालीम एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाईटी तेह्रथुम र दलित जनकल्याण युवा क्लब सिराहाको आयोजनामा संचालन भएको हो ।