तिहारमा बाढीपीडितलाई राहत 



 

सैघाली खबर  

दाङ , ३० असोज 

दाङ दंगीशरण १ र २ का बाढीपीडितलाई राहत बितरण गरिएको छ ।

तिहारलाई मध्येनजर गरी पुर्णरुपमा घरमा क्षति भएका १९ जना बाढीपीडितलाई दैनिक उपभोग्य सामाग्री बितरण गरिएको हो । समाजमा वतावरणीय शिक्षाको बिकास ९ सीड०ले दंगीशरण गाउपालिका १ का ७ र २ का १२ बाढीपीडितलाई राहात सामाग्री वितरण गरेको हो ।

बाढीपीडितलाई तिहारको समयमा दैनिक उपभोग्य सामाग्री अभाब नहोस भनी उनीहरुलाई राहात सामाग्री हस्तान्तरण गरिएको हो ।बाढीपीडितलाई चामल, तेल, त्रिपाल, स्वायाबिनलगायतका राहात सामाग्री हस्तान्तरण गरिएको सीडका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

वडा नं। १ का बाढीपीडितलाई वडाअध्यक्ष श्रीप्रसाद चौधरी र २ का बाढीपीडितलाई २ का वडा अध्यक्ष तुलसीराम  देबकोटाले राहात सामाग्री हस्तान्तरण गरेका थिए ।  राहात बितरण कार्यक्रममा सीडका अध्यक्ष भागिराम चौधरी, कार्यक्रम संयोजक गद्धुलाल चौधरीलगायतको सहभागिता रहेको थियो । त्यस अबशरमा एक कार्यक्रम पनि गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्