राप्ती शान्ति उद्यानमा साँस्कृतिक कार्यक्रम



शरद रेग्मी
दाङ ३० असोज ।राप्ती शान्ती उद्यान तुलसीपुर ७ गणेशपुर दाङ मा आज बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राप्ती शान्ती उद्यान निर्माण भएको एक दशक भएपनि प्रचार प्रसार हुन नसकेको भन्दै आयोजकले त्यसको प्रचार प्रसार र विकासमा पहल गर्न साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । आन्तरिक पर्यटनको प्रर्बद्धन र पार्कको प्रचार प्रसारमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

तुलसीपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डेले राप्ति शान्ति उद्यानलाई देशकै शान्ति केन्द्र वनाउनु पर्ने वताउनु भएको छ ।पाण्डेले राप्ति शान्ति उद्यानको निर्माण सुरु गरेको लामो समय भएकोले अव यसको व्यवस्थापन गरी आयआर्जन संग जोड्नुपर्ने वताउनु भयो । निर्माण समितिका अध्यक्ष टोप वहादुर केसीको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा जन गायक जिवन शर्माले सिमली छायाको वोलको गितमा वालक, युवा र वृद्धलाई एउटै मञ्चमा नचाउनु भएको थियो भने गायिका कोमल वलीका दर्जनौ गितहरुले दर्शकहरुलाई छमछमी नचाएको थियो । सो अवसरमा युवा गायक कृष्ण रेउले, प्रेम विवश घर्ती, तृप्ती खड्का, विन्दु परियार लगायतकाले भरपुर मनोरञ्जन दिनु भएको थियो ।रिपोर्टर्स क्लव दाङका सचिव विमल गौतम र संचारकर्मी दिपक कुमालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्